काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच झण्डै डेढघण्टा भेटवार्ता भएको छ ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली सोमवार बेलुकी ८ः२० बजे शीतल निवास पुग्नुभएको थियो । झण्डै डेढ घण्टा छलफल गरेरप्रधानमन्त्री ओली ९ः५० बजेतिर फर्कनुभएको स्रोतले जनाएको छ ।
भेटवार्ताको विषयबारे भने जानकारी दिइएको छैन ।