मन्त्रिपरिषद विस्तार बिरुद्घको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार

  • प्रकाशित मिति : २०७८ जेष्ठ २५, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

प्रतिनिधि सभा विघटनपछि जेठ २१ गते शपथ लिएका राजेन्द्र महतो लगायत मन्त्रीहरूलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।



न्यायाधीश इश्वर प्रसाद खतिवडाका एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश अघि छलफल गर्नुपर्ने भन्दै दुवै पक्षलाई असार ८ गते बोलाउने आदेश गरेका छ ।