प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

  • प्रकाशित मिति : २०७८ जेष्ठ २६, बुधबार
  • नेपाल टेल

काठमाडौं। प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ हुँदैछ। यसअघि यो मुद्दा हेर्दाहेर्दैमा राखिएकोमा आज बुधबारका लागि पेशी तोकिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले गठन गरेको संवैधानिक इजलास सम्बन्धमा बिबाद देखिएको थियो।



सरकार पक्षका वकिलहरूले यसबारे प्रश्न उठाएका थिए।

गत आइतबार सुनुवाइका क्रममा: सरकारी वकिलले संवैधानिक इजलासका सदस्यबारे प्रश्न उठाएका थिए। त्यसपछि सोमबारका लागि तोकिएको पेशी प्रधानन्यायाधीश बिरामी भएपछि स्थगित गरिएको थियो।