संवैधानिक इजलासमा न्यायाधीसको जवाफ – यही इजलास फाइनल हो

  • प्रकाशित मिति : २०७८ जेष्ठ २६, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इलजास अब परिवर्तन नहुने भएको छ ।

आजको इजलासमा न्यायाधीस ईश्वर खतिवडाले अब इजालस गठनबारे अरु कुनै कुरा नसुन्ने बताएका छन् । यससँगै प्रतिनिधिसभा विघटबारे इजलास मुद्दामा केन्द्रित भएर बहस सुरु भएको छ ।



इजलास सुरु हुनेवित्तिकै सरकार पक्षका वकिल राजाराम घिमिरेले आफ्नो निवेदन सम्झएका थिए । तर प्रधानन्यायाधीस राणाले यही बेञ्चलाई निरन्तरता दिने बताएका थिए । यस्तै न्यायाधीस खतिवडाले इलसालमा भने ‘बेन्च गठनबारे अब कुनै पनि कुरा हामी सुन्दैनौँ । यो लास्ट हो बेञ्च गठनको सवालमा ।’

अब प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास रहेको छ ।