खगराज अधिकारी गृहमन्त्री बन्दै

  • प्रकाशित मिति : २०७८ जेष्ठ २७, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। गत आमनिर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका एमाले नेता खगराज अधिकारी गृहमन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको १९ औं मन्त्रीमण्डल बिस्तारमा अधिकारी गृहमन्त्री बन्न लागेका हुन् ।



अधिकारीसँगै थप ६ मन्त्री र १ राज्यमन्त्रीले आज ४ बजे सपथ लिने कार्यक्रम रहेको छ ।

त्यस्तै नारदमुनी राना वनमन्त्री, मोहन बानिया बिनाविभागीय, नैनकला थापा सञ्चारमन्त्री, ज्वालाकुमारी शाह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्री बन्ने भएका हुन् ।