काठमाडौं। केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएका खगराज अधिकारीको वरियता पाँचौ नम्बरमा रहेको छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । कास्कीमा उनी ओलीका विश्वास पात्र मानिन्छन् ।
रामबहादुर थापा बादललाई सर्वोच्चले सांसद नरहेको भन्दै पदमुक्त गरिदिएपछि अधिकारीको गृह मन्त्रालयमा प्रवेश भएको हो । यता बादलले भने पत्नी नैनकला थापालाई मन्त्री बनाउन सफल भएका छन् । नैनकला सञ्चार तथा सूचनाप्रविधि मन्त्री नियुक्त भएकी हुन् । उनको ओली सरकारमा १४ औं नम्बरको वरियता रहेको छ ।