२४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५२९३ निको

५९ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ जेष्ठ २७, बिहीबार
  • नेपाल टेल

काठमाडौं। नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ । २०७७ माघ १० गते पहिलो पटक एक जनामा देखिएको संक्रमण हालसम्म आइपुग्दा ६ लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेही अवधिमा ५२९३ निकाे भएका छन् भने ५९ संक्रमितकाे मृत्यु भएकाे छ ।