सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको छ। विवादित अध्यादेश र सरकारका काम कारबाहीका विषयमा समीक्षा गर्न सचिवालय बैठक बोलाइएको हो।
मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएकाे भेटघाटमा सचिवालय बैठक बस्ने समझारी भए अनुसार आज बैठक बसेकाे हो।
सचिवालय बैठकमा आफूलाई बलियो देखाउन दुवै गुटका नेताहरुले सांसदको हस्ताक्षरसमेत चलाएका छन्। बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय उठ्ने देखिएपछि आफूलाई बलियो देखाउन ओली पक्षले मंगलबारै सांसदको हस्ताक्षर चलाएका थिए। ओलीले सांसद हस्ताक्षर सुरु गरेपछि प्रचण्ड र माधवकुमार नेपाल गुटका नेताहरुले पनि आज हस्ताक्षर चलाएका थिए।