काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ५२२५ जना संक्रमणमुक्त भएका छन् ।
आज थपिकामध्ये काठमाडौं उपत्यकाका ११४० जना रहेका छन् । काठमाडौंमा ९२१, भक्तपुरमा ५६ र ललितपुरमा १६३ जनालाई पोजेटिभ देखिएको छ ।