करेन्ट लागेर एकको मृत्यु

  • प्रकाशित मिति : २०७८ जेष्ठ २९, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। ईलाममा बिजुलीको लाईन मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका-७ ताराकुटीडाँडा फुलगाछी बस्ने ५० वर्षीय वीर बहादुर लिम्बुको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

बिजुलीको पोलमा भर्‍याङ लगाई चढी बिजुलीको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।