बसुन्धारामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ जेष्ठ २९, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। काठमाडौँको बसुन्धारामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं महानगरपालिका–३ बसुन्धारमा बा ३४ प १७५२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्दिा चालकको मृत्यु भएको हो ।



प्रहरीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका–२२ घर भई हाल काठमाडौँ मनमैजु बस्ने ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।