कांग्रेसको १४ औं महाधिवेशनको मिति सर्यो

  • प्रकाशित मिति : २०७८ जेष्ठ २९, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ । कांग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।