८० बर्षीय एक बृद्धको हत्या, घटनाको बिषयमा अनुसन्धान हुदै प्रहरी

  • प्रकाशित मिति : २०७८ जेष्ठ ३०, आईतवार
  • नेपाल टेल संवाददाता

पाँचथर। पाँचथरको फिदिम नगरपालिका ४ का ८० बर्षीय एक बृद्धको हत्या भएको छ। जोरसाल बजार नजिकैको कुमालटारमा बसोबास गर्दै आएका टेक बहादुर इङ्वाको गएराती धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

उनको टाउको र शरिरमा गम्भिर चोट देखिएको छ । उक्त घरमा टेककबहादुर र उनकी ८४ बर्षीया श्रीमती कालिमाया मात्रै बस्ने गर्थे । टेकबहादुर सेवानिबृत्त भारतीय सेना हुन् ।



आइतबार बिहान बाबु आमालाई भेट्न भनेर आउँदा बाबुको हत्या भएको थाहा पाएको कान्छि बुहारी रिता इङ्वाले जानकरी दिइन् । टेकबाहादुरका दुई छोरा र तीन छोरी छन् । छोराबुहारी फिदिम २ मा बस्दै आएका छन् । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।