काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि १५ दिन बढाउने तयारी

  • प्रकाशित मिति : २०७८ जेष्ठ ३०, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। गत वैशाख १६ देखि निषेधाज्ञा लागू काठमाडौं उपत्यकामा यसको अवधि अरू १५ दिनसम्म बढाउने तयारी गरिएको छ ।

यसबारे निचोडमा पुग्न आज तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ ।



बैठकले नै अन्तिम निर्णय गर्ने भए पनि १ सातादेखि १५ दिनसम्म निषेधाज्ञा थप गर्ने कि भन्ने अनौपचारिक छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

तर निषेधको नियम अहिलेभन्दा केही खुकुलो पार्ने तयारी भइरहेको उनले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार तीन सीडीओको संयुक्त बैठक अजा दिउँसो २ बजेपछि बस्ने तयारी छ ।