काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको दबाब हुँदाहुँदै पनि विवादित व्यवसायी दुर्गा प्रसाईँको मेडिकल कलेज बीएन्डसीले तत्कालका लगी सम्बन्धन नपाउने भएको छ । चिकित्सा शिक्षा एन अनुसारको मापदण्ड र पूर्वाधारको अनुगमन बिना नै चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन दबाब दिएको भन्दै आयोगका उपाध्यक्ष श्री कृष्ण गिरीले असन्तुष्टि सार्वजनिक गरेका छन् ।
त्यस लगतै बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन या राजीनामा गर्न धम्की दिएको भन्दै ‘बृहत् नागरिक आन्दोलन’ र सोलिडारिटी फर डा। केसी आलाइन्सले डा। गिरीको सुरक्षाको लागि अपिल गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री र मन्त्रीहरूले गरेको उक्त ज्यादतीको भर्त्सना गरेका छन्।
काठमाडौँ विश्वविद्यालय भने बीएन्डसीलाई सम्बन्धन दिन सकारात्मक नै छ तर त्यसको लागी आयोगको निर्णय अनिवार्य रहेको काठमाडौँ विश्वबिधलयले जनाएको छ । तर, केयु पनि नीतिगत रूपले चाँही यो सम्बन्धनको विपक्षमा नै देखिएको छ ।
केयुले चिकित्सा शिक्षा एन अनुसार सम्बन्धन दिन नमिल्ने जनाए पछि प्रसाईँले आफ्नो सम्बन्धनको प्रक्रिया एन बन्नु भन्दा अगाडीको भएकाले त्यसले आफूलाई नछेक्ने अभिव्यक्ति दिएका थिए । यही तर्कमा टेकेर राजनीतिक दबाबका बिच केयुले सम्बन्धन प्रक्रिया अगाडी बढाएको हो ।
प्रधानमन्त्रीका रूपमा केपी ओलीको निरन्तरता भएन भने काठमाडौँ विश्वविद्यालय पनि यो प्रक्रियाबाट पछाडि हट्ने विश्वविद्यालय श्रोतले सङ्केत गरेको छ ।
प्रसाईँलाई आशीर्वाद बलियो भए पनि उनी कमजोर तर्कमा उभिएको एक विज्ञले बताए । उनी भन्छन् चिकित्सा शिक्षा आयोगले अनुमति दियो भने पनि विश्वविद्यालयले एन अनुसार सम्बन्धन रोक्न सक्छ । निवेदन कहिले दिएको हो भन्ने आधारमा होइन एन लागु भइसके पछि सोही अनुसार नै सम्बन्धन प्रक्रियामा जानु पर्ने उनी बताउँछन् । अर्को तिर विश्वविद्यालयमै प्रसाईँको निवेदन एन अगाडी दर्ता भएको होइन भन्ने चर्चा व्यापक छ ।
एकातिर नियम मिचेर जबरजस्ती गर्न खोज्ने अर्को तिर श्री कृष्ण गिरीले २० करोड मागे भनेर पत्रकार सम्मेलन गर्ने प्रसाईँको चर्तिकलाले पनि गिरिको कार्यकालमा उनले सम्बन्धन पाउन गाह्रो छ । राजनीतिक दबाबका सामु सम्बन्धन दिन गिरी बाध्य भए भने पनि प्रसाईँले लगाएको २० करोडको आरोप नखाएरै पुस्टी हुने तिर जाने डर गिरिलाई पनि रहेको देखिन्छ ।
अहिले नै सम्बन्धनको लागी ताकेता गर्नुमा ठुलो रहस्य लुकेको देखिन्छ । एकातिर केयुमा नव नियुक्त उपकुलपति छन् उनी आयोगले मान्यो भने हुन्छ भनेर जसोतसो तयार भएका भए पनि उनको कोर टिम यसमा सकारात्मक देखिँदैन । त्यसैले केयुमा अर्को खिचडी नपाक्दै काम सकाइहाल्न चहान्छन प्रसाईँ । अर्को तिर महामारीको बेला डा।गोविन्द केसी अल्लि शान्त बसिदिएका छन् । परिस्थिति अल्लि खुकुलो भयो भने केसी अनसन बसिहाल्छन् , प्रसाईँलाई सबै भन्दा ठुलो डर डा।केसीकै छ ।
बदलिँदो राजनीतिक परिस्थिति प्रसाईँको सपना माथि अर्को खतरा हो । बोलक्कड स्वभावका प्रसाईँले पुष्पकमल दाहाललाई बेस्सरी चिढाइ सकेका छन् । देउवा प्रधानमन्त्री भएर आए भने यो विषयमा दाहाल नै निर्णय हुने छन् । यती धेरै विवादका र अड्चनका बिच बीएन्डसीको फाइल बन्द गर्न सानो बहाना नै काफी हुने चर्चा अहिले केयुतिर चल्दैछ ।