काठमाडौं महानगरपालिकामा रोकिएको खोप अभियान आजदेखि पुनः सुरु

  • प्रकाशित मिति : २०७८ जेष्ठ ३१, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम आजबाट फेरि सुरु हुने भएको छ । खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुनः सुचारु हुने भएको हो ।

गएको जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर सुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो । दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान रोकिएको जानकारी दिएको थियो ।



रोकिएको खोप अभियान काठमाडौंमा आज र असार १ गते लगाइने भएको छ ।

आइतबार सूचना जारी गर्दै महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको छ ।

यसअघि महानगरका सबै वडामा खोप लगाउने काम भएको थियो । तर अब भने ४ वटा केन्द्रमा मात्र खोप लगाउने लगाइने महानगरले जनाएको छ ।

६० र ६१ वर्ष उमेरका तथा यसअघि भेरोसेल खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मीका लागि वीर, त्रिवि शिक्षण, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइनेछ ।