काठमाडौं । नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ।
कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले एक विज्ञप्ति जारी गर्दै जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका स्थानको नामावली कांग्रेसको आधिकारिक साइटमा राखिएको बताएको छ ।
यस पटक मोरङ, सुनसरी, सोलुखुम्बु, धनकुटा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट लगायतका जिल्लाका विभिन्न क्षेत्रको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको हो।
कांग्रेसले यस अघि १०१ स्थानको विवरण कांग्रेसले सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरिएका र यस अघि सार्वजनिक गरिएका नामावलीमा कुनै उजुरी, गुनासा वा सुझाव भए असार ६ गतेसम्म सुचना दिन पनि भनिएको छ।
कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन भदौ १६ गतेबाट काठमाडौंमा हुँदैछ।
यस्तो छ अधिवेशन गर्ने प्रस्तावित कार्यतालिकाः
गाउँ / नगर वडा अधिवेशनः २०७८ साउन ६ गते
गाउँ / नगरपालिका अधिवेशनः साउन ११ गते
प्रदेश सभा क्षेत्रीय अधिवेशनः साउन १६ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः साउन २० गते
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनस् साउन २४ गते
प्रदेश अधिवेशनः भदौ १ र २ गते
केन्द्रीय महाधिवशेनः भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा ।