काठमाडौँ । काठमाडौ उपत्यकामा आज ६०७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा ३९६ , भक्तपुरमा ६६ र ललितपुरमा १४५ गरी ६०७ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यो साता दिनै सक्रिय संक्रमितको संख्या घट्दो छ । पछिल्लो २४ घण्टामा ९ हजार ४३८पीसीआर र ५ हजार ३८१ जनाको एन्टीजेन गरि जम्मा १४ हजार ८१९ परीक्षण भएको छ । जसमा पीसीआरमा २०४९ र एन्टीजेनमा ८६९ जनालाई पोजेटिभ देखिएको छ ।