इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प

  • प्रकाशित मिति : २०७८ असार ३, बिहीबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।



स्थानीय समय अनुसार बुधबार बिहान ११:४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ । सिन्ह्वा