आज कहाँ-कहाँ छ बाढीको जोखिम ? (सूचीसहित)

  • प्रकाशित मिति : २०७८ असार ३, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । आज (बिहीबार) पनि देशका विभिन्न नदीरखोलामा आउने बाढीले क्षति पुर्‍याउन सक्ने जोखिम देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले बिहीबार बिहान जारी गरेको सूचनाअनुसार आज कोसी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, तिनाउ, बबई जलाधारका केही ससाना सहायक नदीमा बहाव बढ्ने सम्भावना छ ।



महाशाखाले भनेको छ, ‘केही ससाना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं ।’

हेर्नुहाेस् सूची :