आज २१ सय ४१ जना कोरोना मुक्त हुँदा ३९ को मृत्यु

आज देशभर २ हजार ६०७ जनालाई संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७८ असार ३, बिहीबार
  • नेपाल टेल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा गरी २१ सय ४१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जनाले कोरोनालाई जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



सोही अवधिमा कोरोनाकै कारण ३९ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७पुगेको मन्त्रालयले जनाएको छ ।