काठमाडौं उपत्यकामा ५७० जनालाई कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७८ असार ३, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जनालाई संक्रमण पुष्टि भएको छ ।

यस्तै आज देशभर २ हजार ६०७ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १४१ संक्रमणमुक्त भएका छन् भने ३९ जना संक्रमितको मृत्यु भएको छ ।



पछिल्लो २४ घण्टामा ७ हजार ७११ पीसीआर र ४७७३ जनाको एन्टीजेन गरि १२ हजार ४८४ जनाको कोरोना परीक्षण भएकोमा पीसीआरमा १७६८ र एन्टीजेनमा ८३९ जनालाई पोजेटिभ देखिएको छ ।