निरन्तरको वर्षापछि आज बिहानैबाट मौसम सफा

  • प्रकाशित मिति : २०७८ असार ४, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलेको तुलनामा परिवर्तन भइ काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा घामको किरण देखिएको छ ।

केही दिन अघिदेखि निरन्तरको वर्षापछि आज बिहानैबाट मौसम सफा देखिएको हो । साथै, उच्च हिमाली केही जिल्लाहरुमा भने हल्कादेखि मध्यम वर्षासहित हावाहुरीको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।



देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । साथै, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना छ । त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।