कस्तो छ भारतमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था ?

  • प्रकाशित मिति : २०७८ असार ५, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अहिले भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका छन् ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।



उनका अनुसार अपोलो अस्पतालमा निर्भीक खनालसँग बुझ्दा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था अहिले ठीक छ । खनालको स्वास्थ्यबारे गलत समाचार आइरहेको भन्दै उनले आपत्तिसमेत जनाएका छन् ।

‘स्वास्थ्य सुधार भइरहेको छ भ्रममा नपरौं,’ स्वकीय सचिव भट्टराईले भनेका छन्, ‘आदरणीय कमरेडप्रति बाहिर फेसबुकमा गलत प्रचार गर्ने जो व्यक्तिप्रति घोर भत्सना गर्दै कारबाहीको माग गर्दछु ।’