उपत्यकामा कोरोना संक्रमण दर ओरालो लाग्यो, आज ३३७ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७८ असार ५, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौ उपत्यकामा कोरोना संक्रमण हुने दर ओरालो लागेको छ ।

काठमाडौं उपत्यकामा ३३७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा २०१, भक्तपुरमा ४४ र ललितपुरमा ९२ गरी ३३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



कोरोनाका कारण आज देशभरमा ३४ जनाको मृत्यु भएको छ ।