हेलम्बु बाढी पहिरोको क्षति विवरण सार्वजनिक, अझै २३ जना बेपत्ता (विज्ञप्तिसहित)

  • प्रकाशित मिति : २०७८ असार ६, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। हेलम्बु गाउँपालिकाले असार १ गते पहिरो पछि आएको बाढीमा अझै २३ जना बेपत्ता रहेको जनाएको छ।

असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरो र त्यसपछि आएको बाढीमा परी हालसम्म बेपत्ता २३ जनाको सूचि गाउँपालिकाले सार्वजनिक गरेको हो।



गाउँपालिकाले चार महिलासहित २३ जना बेपत्ता रहेको शनिबार विज्ञप्ति जारी गर्दै बताएको छ। बेपत्ता मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना छन्। जसमा तीन भारतीय र तीन चिनियाँ नागरिक छन्।

गाउँपालिकाले बाढी र पहिरोले पुर्‍याएको भौतिक क्षतिसमेत सार्वजनिक गरेको छ। बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।

गाउँपालिकाको विज्ञप्ति हेर्नुहोस् :