थप २४४२ जनालाई कोरोना पुष्टि, ३४५६ जना संक्रमणमुक्त

५१ संक्रमितको मृत्यु

  • प्रकाशित मिति : २०७८ असार ६, आईतवार
  • नेपाल टेल

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार सोही अवधिमा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६७७ पीसीआर र ४ हजार २४९ जनाको एन्टीजेन गरि जम्मा १० हजार ९५६ परीक्षण भएको छ । जसमा पीसीआरमा १४२१ र एन्टीजेनमा १०२१ जनालाई पाेजेटिभ देखिएकाे छ ।



नेपालमा हालसम्म ६ लाख ४७ हजार ६५१ जनालाई संक्रमण पुष्टि भएकोमा ५ लाख ५६ हजार ७९८ जना निको भएका छन् भने ८ हजार ७२६ जनाको मृत्यु भएको छ । अहिले ५५ हजार ५३७ जना सक्रिय संक्रमित छन् ।