उपत्यकामा पसल खोल्ने समय तोकियो, कुनबार कस्तो पसल? (सूचीसहित)

  • प्रकाशित मिति : २०७८ असार ६, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा पसल खोल्न समय निर्धारण गरिएको छ।

आज ३ वटै जिल्लाका सिडिअ‍ोहरुको संयुक्त बैठकले असार १४ गते सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।



थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ।

अब आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला रहनेछन् ।

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन्।

यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन्।

खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ। निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ।

थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन भने जोर विजोर प्रणालीमा चलाउन पाइनेछ ।