वीरगञ्ज। वीरगञ्ज ब्यारेकमा कार्यरत एक जना नेपाली सेनाका जवानले आफैलाई गोली हानेका छन्।
वीरगञ्ज ब्यारेकमा कार्यरत पर्साको पोखरिया नगरपालिका -७ सतवरिया टोलका श्यामबाबु प्रसाद चौहानले आइतबार राति साढे ८ बजे आफैलाई गोली हानेका हुन्।
उनको चिउडाेबाट गोली छिरेर आँखा नजिकैबाट निस्किएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानको क्रममा चौहानले आफैले आफैलाई गोली हानेको जस्तो देखिएको खनालले बताए।
चौहानको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको र उनको अवस्था अहिले पनि गम्भीर रहेको खनालले बताए।