माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त

  • प्रकाशित मिति : २०७८ असार ११, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज (शुक्रवार) सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो ।

माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो ।



माओवादीले आयोगलाई दिएको दल त्यागको जानकारीका आधारमा आयोगले सुचना प्रकाशन गरेको हो । एमाले प्रवेश गर्दा पद गुमाउनेमा दुई जना मेयर छन् भने पाँच जना उपमेयर छन् ।

यी हुन् पद गुमाउने १४ जनप्रतिनिधि