सभापतिको उम्मेदवारबारे छलफल गर्न पौडेल पक्षको बैठक आज बस्दै

  • प्रकाशित मिति : २०७८ असार ११, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो सक्रियता बढाएका छन् ।

नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय समिति सदस्यहरुको बैठक आज बस्दैछ । पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आज दिउँसो २ बजे बस्न लागेको एक नेताले जानकारी दिए ।



महाधिवेशनमा सभापति बन्न सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले आफूपक्षीय छलफल बढाइरहेका छन् ।

देउवाले सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरी आगामी महाधिवेशनमा आफू नै सभापतिमा उठ्ने जानकारी गराइसकेका छन् भने निधिले पनि आफ्ना पक्षका नेतासँग यसपटक आफू सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् ।

यसै क्रममा पौडेल पक्ष पनि सक्रिय हुन लागेको हो । पौडेल पक्षमा ६ नेता पार्टीको सभापतिको आकांक्षी देखिएका छन् ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरिरहेका छन्।