थप २४७६ जनामा संक्रमण पुष्टि, ५४५५ संक्रमणमुक्त

२७ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ असार ११, शुक्रबार
  • नेपाल टेल

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ४५५ निको भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।



पछिल्लो २४ घण्टामा ९ हजार ५८६ पीसीआर र ४७६५ जनाको एन्टीजेन गरि जम्मा १४ हजार ३५१ परीक्षण भएको छ । जसमा पीसीआरमा १७२१ र एन्टीजेनमा ७५५ जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ६१ हजार ८४१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ७६ हजार ४१३ जना निको भएका छन् भने ८ हजार ९४५ जनाको मृत्यु भएको छ ।