कोरोना खोपको दोस्रो डोज असार २२ गतेदेखि दिइने

  • प्रकाशित मिति : २०७८ असार ११, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोज आउदो असार २२ देखि दिइने भएको छ।।

भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्राको खोप दिने सरकारले बताएको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई असार २२ गतेदेखि दोस्रो मात्राको भेरोसेल खोप दिइने छ।

भेरोसेलको पहिलो डोज भने यही जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर दिइएको थियो।