काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ९१४ निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४७०४ पीसीआर र ४८०६ जनाको एन्टीजेन गरि जम्मा ९ हजार ८१० परीक्षण भएको छ । जसमा पीसीआरमा ११७४ र एन्टीजेनमा ८४२ जनालाई पोजेटिभ देखिएको छ ।
अहिलेसम्म नेपालमा ६ लाख ६३ हजार ८५७ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ८१ हजार ३२७ जना निको भएका छन् भने ८९७५ जनाको मृत्यु भएको छ । अहिले देशभर ४२ हजार २४ जना सक्रिय संक्रमित छन् ।