मैले राजा चाहियो भनेको छैन, व्यंग गरेको हुँ : प्रचण्ड

  • प्रकाशित मिति : २०७८ असार १२, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले राजा चाहियो भनेर नभनेको बताएका छन्।

आज काठमाडौंमा पत्रकारसँग आयोजित अन्तक्र्रियामा प्रचण्डले भने, ‘हिजो राजाको शासन हुँदा पनि अदालतले शाही आयोग खारेज गरेको हो, राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भनेर भन्ने हु इज केपी ओली, यो हद भयो भन्नलाई मैले त्यसो भनेको हो, राजा चाहियो भनेको होइन।



केही दिन अघि सम्पादकहरुसँगको छलफलका क्रममा प्रचण्डले भनेका थिए, ‘अहिले राष्ट्रपति भन्ने संस्था त यति, यो भन्दा त राजाहरु हुँदा थियो नि एउटा शान। अहिले त शान पनि छैन । मान पनि छैन । इज्जत नि छैन ।’

प्रचण्डको यो अभिव्यक्तिलाई ‘राजा चाहिएको’ भनिएको भन्दै आलोचना भएका थिए। विशेषगरी ओलीपक्षका नेताहरुले सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।