काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ ।
बैठकमा जेठ २ मा फर्केर पार्टी गतिविधि सञ्चालन गर्ने र सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउने माग दाबीमा पेस गरिएको एमाले नेताहरूको हस्ताक्षर फिर्ता गरेर पार्टीलाई एक बनाउने बारेमा छलफल हुने बताइएको छ ।
माओवादी केन्द्र परित्याग गरी एमालेमा आएका नेताहरूको व्यवस्थापन बारे पनि छलफल हुने छ ।