उपत्यकामा फेरि १ हप्ता लकडाउन थप्ने तयारी

  • प्रकाशित मिति : २०७८ असार १९, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ। पछिल्लो समय जारी निषेधाज्ञा असार २१ गते राति १२ बजेसम्म जारी रहनेछ। काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरु अब थपिने निषेधाज्ञामा के-के क्षेत्र खुकुलो पार्ने भन्नेबारे छलफलमा जुटेका छन् ।

पछिल्लो समय उपत्यकामा २५ सिट भन्दा माथिका सार्वजनिक सवारी चल्न दिइएको छ यस्तो पसल बार अनुसार खुलेका छन् भने नीजि सवारी साधानका लागि जोर बिजोर प्रणाली लागू छ। यातायात व्यवसायीहरुले छोटो, मध्यम तथा लामो दुरि सबै यातायात खुलाउन माग गरेका छन्।



शुक्रबार नै सरकार आदेशको अवज्ञा गर्दै सवै यातायात खुलाउने घोषणा गरेका व्यवसायीहरु सरकारी आश्वासनपछि सोमबार सम्मका लागि पछि हटेका छन्। सोमबार सम्ममा सरकारले खुलाउने निर्णय गर्नेमा उनीहरु विश्वस्त छन्।

तर,काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले अब एक हप्ता निषेधाज्ञा थपिने र लामो दुरिका यातायात खुलाउने नखुलाउने भन्नेबारे स्वास्थ्य मन्त्रालयसँग सुझाव लिइने बताए। कोरोनाको संक्रमणदर हेरेर मात्रै लामो दुरिका यातायात खुलाउने वा नखुलाउने भन्ने निर्णय हुने छ।