काठमाडौं । आज देशभर थप २ हजार ३७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे संख्या हिजोको भन्दा ५३९ जना बढी हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६८९ पीसीआर र ३ ८८९५जनाको एन्टीजेन गरी ११ हजार ५८४ जनाकाे परीक्षण भएकाे थियाे जसमा२३७० जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार १३३ जना संक्रमणमुक्त भएका छन् भने १८ संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १ हजार ४६८ पुगेको छ । जसमध्ये ६ लाख २१ हजार २७ हजार जना निको भएका छन् भने ९ हजार ४ सय जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ७१२ जना रहेका छन् ।