काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग नाम जोडिएर बेलाबेलामा चर्चामा आउने ज्योतिषी हुन् सुरेशचन्द्र रिजाल।
रिजालले गरेको भविष्यवाणीका आधारमा नेपाली कांग्रेसका सभापति देउवाले २०७४ साल कात्तिक ३० मा भनेका थिए, ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छु भन्या छ मलाई ।’ ज्योतिषी रिजालले फागुनमा भनेका थिए, चार महिना देउवा प्रधानमन्त्री बन्ने योग छैन । नभन्दै चार महिना कटेपछि मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएका छन् ।
ज्योतिषी सुरेशचन्द्र रिजालले फागुनमा भनेका थिए, चार महिना देउवा प्रधानमन्त्री बन्ने योग छैन । नभन्दै चार महिना कटेपछि मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएका छन् ।
देउवाबारे भविष्यवाणी गर्ने ज्योतिषी प्युठानका हुन् । देउवा जुनसुकै विशेष कार्य गर्दा रिजालसँग मुहूर्त हेराउँछन् । आफूलाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश दिएपछि देउवाले पुर्ख्यौली घर प्युठान गएर बसेका रिजाललाई रातारात काठमाडौं बोलाए । देउवा बालुवाटार सर्ने शुभ मुहूर्त हेर्न मंगलबार काठमाडौं आए ।
उनले आज फेरि अर्को भविष्यवाणी गरेका छन्। रिजालले देउवाको कार्यकाल कति हुन्छ भन्ने कुराको भविष्यवाणी गरेका छन्। उनले देउवा अब झनै शक्तिशाली हुने र उनले विश्वासको मत पाउनेसमेत बताएका छन्। आज एपी वान टेलिभिजनको कार्यक्रम ‘एपी टक टाइम’मा कुरा गर्दै ज्योतिषी सुरेशचन्द्रले प्रधानमन्त्री देउवाले पुरै कार्यकाल प्रधानमन्त्री चलाउने बताएका हुन्। उनले अब देश सकारात्मक गतिमा अघि बढ्नेसमेत बताएका छन् ।