ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष सहभागी होला ?

  • प्रकाशित मिति : २०७८ असार ३१, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।



माधव नेपाल पक्षका २३ जना सांसदलाई पनि खबर गरिएको छ । तर माधव पक्ष सांसद उपस्थित हुने बारे टुंगो भने लागेको छैन। एमाले ओली र नेपाल पक्षबीच केहि दिन अघि १० बुँदे सहमति भएपनि अदालतले संसद पुनस्थापना गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि दुबै पक्षबीच विवाद झन् चर्किएको छ। ओलीले हिजो मात्रै बालुवाटारबाट बालकोट फर्किदै गर्दा माधव नेपाललाई एमालेमा कुनै ठाउँ नरहेको बताएका छन्।