साइतमै बालुवाटार छिरे देउवा

  • प्रकाशित मिति : २०७८ श्रावण १, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार आइपुगेका छन्। मंगलवार प्रधानमन्त्रीमा नियुक्त देउवाले सोही दिन शपथ तथा कार्यभार सम्हालेका थिए।

अपदस्त प्रधानमन्त्री केपी शर्मा ओली बुधवार निजी निवास बालकोट सरेका छन्। ओली बालकोट सरेसँगै देउवाले साइत हेरेर बुढानिलकण्ठबाट बालुवाटार सरेका हुन्। शुक्रवार बिहान ९:५७ को साइत पारेर देउवा बालुवाटार पसेका हुन्। अहिले बालुवाटार उनको स्वागत चलिरहेको छ।



गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।