काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८८६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६३४ मा र एन्टिजेन विधिबाट ४ हजार ९२२ गर्दा १२०६ मा संक्रमण देखिएको छ।
कुल १५ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
यस्तै आज थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९७७१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनाबाट मुक्त भएका छन्।