ललितपुरमा आजदेखि तीन दिन भेरोसेल खोप लगाइने

  • प्रकाशित मिति : २०७८ श्रावण १५, शुक्रबार
  • nepaltale.com

काठमाडौं। ललितपुर महानगरपालिले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम सुरु गर्ने भएको छ।

महानगरले सूचना जारी गर्दै ४५ वर्ष र सोभन्दा माथिका व्यक्तिलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने बताएको छ।

खोप कार्यक्रम आज, भोलि र पर्सि महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुने महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए।

साथै, महानगरले साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन गर्ने बताएको छ।