काठमाडौं। काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा भएको आगलागी नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग गरिएको छ।
शनिबार बिहान २ बजेदेखि आगलागी भएपनि अहिलेसम्म नियन्त्रणमा नआएपछि हेलिकोप्टरबाट पानी खसालिएको हो। आगो नियन्त्रणका लागि रानीपोखरीबाट हेलिकोप्टरमा पानी लगिएको छ।
आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्यांकर र हेलिकोप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगलागीमा तयारी सामग्री र कच्चा पदार्थ जलेर नष्ट भएपनि के कति क्षति भयो भन्नेबारे जानकारी आइसकेको छैन।