काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। साउन २८ गते दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो।
बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।