प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

  • प्रकाशित मिति : २०७८ श्रावण २४, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छी आइतबार प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेकी थिइन्।

प्रचण्डसँग राजदूत यान्छीको समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।। यसअघि पनि नेपालको राजनीतिप्रति चिनियाँ राजदूतको सक्रियता देखिने गरेको थियो।



पछिल्लो समय एमसीसी नेपालको संसदबाट पारित गर्न अमेरिकाले दबाब दिइरहेको छ । नेपालको संसदबाट पास गरेरै लागु गर्न पर्ने बताउँदै आएका छन् ।

छिमेकी राष्ट्र चीन यसलाई जसरी पनि रोक्न पर्ने भन्दै आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको छ । यसका लागि चिनियाँ राजदूत होऊ यान्छीले पनि दौडधुप गरिरहेकी छिन् ।

गोप्य श्रोतले दिएको जानकारी अनुसार एमसीसी जसरी पनि अस्वीकार गर्न चीनले प्रस्ताव गरेको छ । एमसीसी रोकेर ‘वान बेल्ड वान रोड’ परियोजनालाई अगाडि बढाउन चीनले जोड गरेको छ ।