चीनले भन्योः तालिवानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध राख्न चाहन्छौं

  • प्रकाशित मिति : २०७८ श्रावण ३२, सोमबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। तालिबानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ सरकार निर्माण गर्ने कार्य जारी छ। तालिबालने अफगानिस्तानलाई इस्लामिक राष्ट्र घोषणा गर्ने बताएको छ। यसबीचमा चीनले सोमबार तालिबानसँग आफूले मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको बताएको छ।

समाचार संस्था एएफपीका अनुसार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भनेकी छिन्,‘अफगानिस्तानका मानिसले आफ्नो भविष्यको फैसला आर्फैंले गर्नेछन्, चीन त्यो अधिकारको सम्मान गर्दछ। चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकास गर्ने दिशामा अगाडि बढ्न इच्छुक छ।



त्यसअघि मात्रै चीनले अफगानिस्तानमा आफ्नो दूतावास खुला हुने बताएको थियो। तालिबानले चिनियाँ कूटनीतिज्ञको सुरक्षा सुनिश्चित गर्ने भएपछि त्यहाँबाट चिनियाँ कूटनीतिज्ञहरु अन्य देश जसरी नफर्किएका हुन्।

चीनले तालिबान सत्तामा आए पनि उसको नीतिको आफूले सम्मान गर्ने बताउँदै आएको छ। गत महिना मात्र चिनियाँ र तालिबानी प्रतिनिधिबीच बेइजिङमा भेट भएको थियो। चीनले अफगानिस्तान पुनः निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।