भौतिक उपस्थितिमा कहिले देखि खुल्दछन् विद्यालय !

  • प्रकाशित मिति : २०७८ माघ १६, आईतवार
  • नेपाल टेल संवाददाता

पोखरा। कास्की जिल्लामा आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शुक्रबार जारी गर्नुभएको आदेशमा जिल्लामा कोरोना सङ्क्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको उल्लेख गर्दै विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्था भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भनिएको छ ।



त्यस्तै सिनेमा हल, डान्स बार, दोहोरीलगायत मानिस भीडभाड हुने सबै कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ । सबै प्रकारका आमसभा, जुलुसमा पनि प्रशासनले रोक लगाएको छ ।