एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको एमसीए नेपालको दाबी

  • प्रकाशित मिति : २०७८ माघ १८, मंगलवार
  • nepaltale.com

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए)नेपाल०ले एमसीसी सम्झौतासँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज नलुकाएको दाबीफ गरेको छ।

एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो। एमालेको सरकारको पालमा एमसीसीसँग सम्बन्धित केही दस्तावेजहरु लुकाइए र त्यसलाई गठबन्धन नेतृत्वको एमसीसी सम्झौता अध्ययन समितिले फेला पारेको भन्दै विभिन्न समाचारहरु सार्वजनिक भइरहँदा एमसीए नेपालले भने यस्तो दाबी गरेको हो।

‘एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो । र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’,एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।