प्रधानमन्त्री देउवाले नियुक्त गरे भाषण विज्ञ !

  • प्रकाशित मिति : २०७८ माघ १९, बुधबार
  • nepaltale.com

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बैटकमा होस् कि सार्वजनिक मञ्चहरुमा होस्, छोटो बोल्छन् । लम्बेतान भाषण गर्ने उनको बानी छैन ।

पछिल्लो समय यदाकता लिखित सम्बोधन पनि गर्न थालेका छन् । त्यसरी गरिने लिखित सम्बोधन कहिले केन्द्रीय सदस्य रमेश लेखक त कांग्रेस महामन्त्री (तत्कालिन प्रवक्ता) प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले तयार पार्थे ।

सोमबार भने प्रधानमन्त्री देउवाले ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नै नियुक्त गरेका छन् । प्रधानमन्त्री भएको ६ महिनासम्म सचिवालयलाई समेत पूर्णता दिन नसकेका उनले सोमबार निजी सचिवालयमा चार सदस्य नियुक्त गरेका हुन् ।